गृहमन्त्री लेखकले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक

काठमाण्डु टुडे २०८१ असोज १२ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, १२ असोज- गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

बाढी पहिरो तथा प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायताका विषयमा छलफल गर्न सुरक्षा समितको बैठक बोलाइएको मन्त्री लेखकको सचिवालयले जनाएको छ

। मन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा वर्षासंगै बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति तथा प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र उच्च सर्तकतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us