पहिरोमा परी धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु, ४ बेपत्ता

काठमाण्डु टुडे २०८१ असोज १२ गते १०:१० मा प्रकाशित

विराटनगर,, १२ असोज- पहिरोले घर पुरिंदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ ।                                                             अरु चारजना बेपत्ता भएका कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम दाहालले जानकारी दिए । बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटाको पाख्रीबासमा आमाछोरीको मृत्यु भएको छ । पाख्रीबास नगरपालिका– ५ मा शनिबार बिहान ३ बजेतिर पहिरो खस्दा प

५० वर्षीया रामकुमारी तामाङ र उनकी छोरी ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उता पाँचथरको  फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्माको मृत्यु भएको छ । फिदिम–१२ घर भएका आमाछोरी चिसापानीमा डेरामा बस्दै आएका थिए । फिदिम-१ साँगेबोटेमा पहिरो घर पुरिदा फिदिम-१ कात्तिके घर भइ फुरुंगा हाइड्रो पावरमा कार्यरत मजदुर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ ।

फिदिम-१ कै ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो पहिरोमा परी बेपत्ता भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us