काठमाण्डु, १२ असोज- नख्खु खोलाले बगाएर चार जना बेपत्ता भएका छन् ।
एक बालक, एक महिला र दुईजना पुरुषलाई शनिबार बिहान ९ बजेतिर नख्खु खोलाले बगाएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता भएकाको खोजी जारी राखेका छन् । वर्षात नरोकिएको र बाढी थप उर्लिएकाले खोजीकार्य प्रभावित भएको छ ।