काठमाण्डू, १२ असोज-काठमाण्डूको नागढुंगानजिकै झ्याप्लेखोलाका चारवटा गाडी पहिरोले पुरिएका छन् । सडकमा रोकिराखेका ती गाडी पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार पुरिन्मा दुई बस र दुई माइक्रोबस थन् । गाडी पुरिंदा घाइते भएका तीन जनालाई उद्धार गरी अस्पताल पठाइएको थानकोट वृत्तका डिएसपी सूर्यप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।