काभ्रे,१२ असोज- काभ्रेको तेमाल गाउँपालिका-७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजेको समयमा स्थानीय भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।