काठमाण्डू, १२ असोज- काभ्रेको पनौती नगरपालिका-११ थुम्कीमा शनिबार बिहान पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । स्थानीय अर्जुन भण्डारीको परिवारका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बिहान करिब साढे ३ बजेतिर गएको पहिरोले भण्डारीसहित तीन जनाको घर बगाए पनि दुई घरका परिवार भने भागेर ज्यान बचाउन सफल भएको थियो । पानी पर्न नरोकिएका कारण उद्धार गर्न नसकिएको प्रहरीको भनाइ छ । उद्धारका लागि नेपाली सेनाको विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।