काठमाण्डू, १२ असोज- काठमाण्डू-नौबिसे सडकअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ नागेन्द्र नजिकै पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । शनिबार बिहान पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएका कारण उपत्यका भित्रिने र बाहिरीने कुनै पनि सवारी साधन चलेका छैनन् ।