झापामा बालिकासहित तीनजना खोलामा बगे

काठमाण्डु टुडे २०८१ असोज ११ गते २२:४९ मा प्रकाशित

झापा,  ११ असोज- झापामा वर्षासंगै खोलामा आएको बाढीले बगाएर एक बालिकासहित तीन जना बेपत्ता भएका छन् ।             कचनकवलको जमुना खोला, गौरीगञ्जको कृष्णे खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले एकएकजना बगाएको हो ।             झापा प्रहरी प्रमुख मिलन केसीले किस्ने खोला पुलबाट हाम फालेर गौरीगञ्ज–२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन्  । उनी मादक पदार्थ सेवन गरेर शुक्रबार दिउँसो ४ बजेतिर पुल माथिबाट हाम फालेका थिए । उनको अवस्था अज्ञात छ ।

कमल गाउँपालिका–१ का रमेश चौधरीका छोरा ३५ वर्षीय टिकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपता भएका छन् ।

यस्तै कचनकवल गाउँपालिका–१ झकुवाटोलका पचुं राजवंशीकी छोरी १४ वर्षीया नेहारिका जमुना खोलामा डुबेर बेपत्ता भएकी छन् । आफन्तको घरबाट साइकलमा फर्कने क्रममा जमुना खोलाले बगाएर दिउँसो करिब ३ बजेतिर नेहारिका साइकलसहित बेपत्ता भएको एसपी केसीले बताए । हराएका तीनै जनाको खोजी भइरहेको एसपी केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us