चितवन, ११ असोज- त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई टिपर बगाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाको सिमानाबाट ती टिपर त्रिशूलीले बगाएको हो ।
नदीजन्य सामग्री बोक्ने टिपर नदी किनारमा रोकेर राखिएको अवस्थामा बाढीले बगाएको हो । थप एउटा टिपर, दुई एक्सकाभेटर र एउटा लोडर पनि नदीले बगाउने अवस्थामा रहेको आयोजनाले जनाएको छ । मानवीय क्षति भने नभएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
प्रहरीले काठमाण्डुको बुढानीलकण्ठस्थित एक घरबाट ४ थान हतियार बरामद गरेको छ ।