काठमाण्डू, ११ असोज- प्रहरीले काठमाण्डुको बुढानीलकण्ठस्थित एक घरबाट ४ थान हतियार बरामद गरेको छ ।
काठमाण्डु प्रहरी परिसर प्रमुख एसएसपी बसन्त रजौरेले हतियार बरामद भएको पुष्टि गरे । भाडामा दिइएको घरमा दुई वर्षदेखि भाडामा लिने व्यक्ति सम्पर्कमा नआएपछि जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको थियो ।
ढोका फोरेर हेर्दा १२ बोर, एयर गनसहित चार थान हतियार भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घरबेटीको परिचय गोप्य राखेको छ । घर भाडामा लिएर सम्पर्कबिहीन भएका व्यक्तिको खोजी थालिएको एसएसपी रजौरेले बताए ।