न्यूयोर्कबाट बोस्टन पुगे प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ असोज ११ गते २१:५० मा प्रकाशित

काठमाण्डू, ११ असोज- संयुक्त राष्ट्र संघको ७९औं महासभाको दौरान अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी ओली शुक्रबार बोस्टन प्रस्थान गरेका छन् ।                                                         महासभालाई सम्बोधन गरेर ओली न्यूयोर्कबाट सडकमार्ग हुँदै बोस्टन गएका उनको सचिवालयले जनाएको छ । ओलीले बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको संक्रमणकालीन न्याय र जलवायु न्याय’ शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले यसअघि न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा सम्बोधन र अन्तरक्रियामा सहभागी भएका थिए ।                                         त्यस क्रममा अन्तरक्रियाका सहभागीले अंग्रेजीमा सोधेको प्रश्न बुझ्न नसकेर ओली समस्यामा परेका थिए ।                                     रास्ट्रसंघ महासभामा भाग लिन ४ असोजमा न्यूयोर्क प्रस्थान गरेका ओली १४ गते स्वदेश फर्कने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us