नागढुंगा र दक्षिणकालीबाट उपत्यका भित्रने गाडी चलाउन पूर्ण रोक

काठमाण्डु टुडे २०८१ असोज ११ गते २१:३१ मा प्रकाशित

काठमाण्डू, ११ असोज- स्थानीय प्रशासनले निरन्तरको वर्षातका कारण बाढी र पहिरोको जोखिम बढेकाले थानकोट-नौविसे-मुग्लिङ-नारायणगढ सडक र बल्खु-दक्षिणकाली-सिस्नेरी सडकमा यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शुक्रबार एक सूचना जारी गर्दै पहिरोको जोखिम भएकाले ती दुई सडक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । ती सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ ।

‘सम्पूर्ण सवारी धनी एवं यात्रुहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन तथा यात्रा नगरी यथास्थानमै बसेर सुरक्षित रहन अनुरोध छ,’ सूचनामा छ ।।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us