काठमाण्डू, ११ असोज- प्रहरीले निरन्तरको वर्षातका कारण नदीहरुमा पानीको सतहले खतराको तह पार गरेकाले काठमाण्डु उपत्यकामा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । बिहीबार रातिदेखिको भारी वर्षाका कारण काठमाण्डु उपत्यकाका सबै नदी तथा खेलाहरुमा पानीको सतहले खतराको तह पार गरेको छ ।
बागमतीको बाढी कुलेश्वर, बल्खुलगायतका क्षेत्रका घरहरुमा पसेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, विष्णुमती, मनोहरा, गौरीघाट, बल्खु खोलाले धेरै ठाउंमा खतराको तह पार गरेको छ ।