काठमाण्डू, ११ असोज- लगातारको वर्षातका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलासयको बाँधमा पानी भरिएको छ ।
ताल भरिएपछि जुनसुकै बेला खोल्नुपर्ने भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ताल भरिएकाले जुनसुकै बेला ड्यामको ढोका खोल्नुपर्ने भन्दै सतर्क रहन भनेको हो । पालिका अध्यक्ष देवकृष्ण पुडासैनी र प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जारी गरेको सूचनामा गाउँपालिकाले वडा नम्बर २ र ३ का बासिन्दालाई सतर्क रहन भनिएको छ ।
कुलेखानी ड्याममा शुक्रबार अपराह्न पानीको सतह १५ सय २६.७७ मिटर पुगेको छ । पानीको सतह १५ सय ३० मिटर पुगेपछि ओभरफ्लो भएर आफैं बाहिर आउन थाल्छ । यसअघि
३० असार २०७६ मा उक्त जलाशय भरिएपछि ड्यामका ढोकाहरु खोल्नुपरेको थियो ।