प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी बने चोर

काठमाण्डु टुडे २०८१ असोज ११ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– प्रहरीले कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

अब्दुल अलीम नाम गरेका ती युवक कानुन विषय लिएर अध्ययन गर्दै आएका थिए ।प्रहरीलाई हलीमले दिएको जानकारी अनुसार उनकी प्रेमिका खर्चालु थिइन् । प्रेमिकाकै आवश्यकता पूरा गर्नका लागि आफूले चोरी गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन ।

किनमेलका लागि मलमा जाने, क्लबमा गएर मोजमस्ती गर्ने, आइफोन चाहिने, फिल्म हेर्ने लगायतका खर्चालु माग प्रेमिकाले गरेपछि आफूले चोरी गरेको उनको भनाइ छ । एक साता अघि उनले गोमती नगरका तीन घरमा चोरीमा गरेको बताइएको छ ।

उनको साथबाट प्रहरीले गहना र नगदसमेत बरामद गरेको छ । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनलाई पहिचान गरेर गिरफ्तार गरेको गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us