काठमाण्डु, ११ असोज– प्रहरीले दाङबाट बलात्कारमा संलग्न आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२ बेला बस्ने २७ वर्षीय रामप्रताप यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीले २२ वर्षीया महिलालाई लमही नगरपालिका वडा नम्बर–७ स्थित करी सामुदायिक वनमा बलात्कार गरेको आरोप रहेको छ । वडा प्रहरी कार्यालय लमहिबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।