अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ असोज ११ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, ११ असोज– संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले वाइडेनसँग भेटवार्ता गरेका हुन । उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन पनि गरेका छन् । सम्बोधनको क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको पनि बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us