काठमाण्डु २८ भदौ– प्रहरीले काठमाण्डुको कीर्तिपुर नगरपालिका–८ पाँगास्थित एक मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद गरेको छ ।
पाँगामा रहेको ‘युनिक एण्ड युनिशा मिट सप’बाट १ किलो ४९४ ग्राम गाँजा प्रहरी वृत्त कीर्तिपुरको टोलीले बरामद गरेको प्रहरीले जानकारी दिएको छ । गाँजाका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल १२० पत्ता, नाइट्राभेट पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले मासु पसलका सञ्चालक धादिङको सिद्धलेख गाउँपालिका–३ चालिसेका ३० वर्षीय विष्णु श्रेष्ठसहित चार जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।