रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– बागलुङमा शुक्रबार बिहान दुर्घटनामा परेको सरकारी जिप रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ ।

रा१झ २०० नम्बरको जिप गलकोट नगरपालिका–२ भुङखानीमा बिहान करिब पौने ९ बजेतिर सडकबाट ३ सय सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ ।

जिपमा जनप्रतिनिधि र कर्मचारी सवार रहेको जानकारी आएको बागलुङ प्रहरीका निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पनि उक्त गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकोको भएको पुष्टि गरे ।

शव भिरको खोंचमा अड्किएका कारण निकाल्न समस्या भइरहेको उनले बताए । मृतकहरु कसैको पनि सनाखत हुन सकेको छैन ।

दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

घाइते एक पुरुषको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us