८ वर्षीया बालिका खोलाले बगाएर बेपत्ता

काठमाण्डु टुडे २०८१ भदौ २८ गते ९:४२ मा प्रकाशित

डोटी, २८ भदौ– अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा डोटीमा एक बालिका बेपत्ता भएकी छन् ।

केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया निर्मला चन्दलाई स्थानीय गन्ने खोलाले बगाएको हो ।
बेपत्ता बालिकाको खोजीकार्य जारी रहेको डोटी प्रहरीका निमित्त प्रहरी डिएसपी भीमलाल भट्टराईले बताए । खोजीमा प्रहरी र स्थानीय सक्रिय छन् ।

बजारमा दूध बेच्न गएका बेला उनलाई बिहान ७ बजेतिर खोलाले बगाएको भट्टराईले जानकारी दिए । पश्चिम नेपालमा शुक्रबार रातिदेखि अतिभारी वर्षा भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us