पहिरोले दुई राजमार्ग एकैसाथ अवरुद्ध

काठमाण्डु टुडे २०८१ भदौ २८ गते ८:४१ मा प्रकाशित

धनगढी, २८ भदौ–निरन्तरको वर्षातका कारण पहिरो खस्दा पश्चिम तराईका जिल्लासँग सदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तथा डडेल्धुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएका छन् ।

डडेल्धुराका विभिन्न राजमार्ग तथा ग्रामीण सडकसमेत पहिरोले अवरुद्ध भएका छन् । साहु खर्कमा पहिरो खस्दा भीमदत्त राजमार्ग र गन्यापधुरामा पहिरो खस्दा केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोले डोटीको आलिताल गाउँपालिका सुनखोलामा पहिरो खस्दा बुडरबाट जोगबुढा जाने सडक पहिरोले पूर्ण अवरुद्ध छ ।

प्रहरीले शुक्रबार एक सूचना जारी गर्दै वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us