लागुऔषध कारोबार आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २७ गते २१:०१ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले श्रेष्ठ पक्राउ परेको पुष्टि गरे । लागुऔषध कारोबारमा संलग्न रहेको पाइएकाले उनलाई बिहीबार पक्राउ गरिएको थापाले बताए ।

प्रहरीका अनुसार एक महिनाअघि लागुऔषधसहित पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्रेको हो ।

सोधपुछका क्रममा ती व्यक्तिले पोखरास्थित श्रेष्ठको दिया फार्मेसीबाट उक्त लागुऔषध खरिद गरेको बयान दिएका थिए । प्रहरीले श्रेष्ठलाई लागुऔषध बेचविखनसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

मन्त्री बन्न ‘कोर टिम’ बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन संवादको अडियो लिक भएपछि रास्वपाले श्रेष्ठलाई सांसद र पार्टी सदस्यबाट समेत निस्काशन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us