काठमाण्डु, २७ भदौ– प्रहरीले एमाले पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्ने प्रयास गरेको छ ।
बस्नेतर्लाइ बागबजारस्थित एक होटलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले पक्राउ गर्न खोजेको हो ।
बस्नेतले सञ्चालन गर्दै आएको जनता टाइम्स डटकम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर उजुरी परेपछि सोधपुछ गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेको हो । ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले समाचारका विषयमा उजुरी परेकाले बस्नेतलाई सोधपुछ गर्न खोजिएको बताए ।
बस्नेतले आफूलाई प्रक्राउ गर्न प्रहरी आएको बताए । ‘म एउटा कार्यक्रममा भएको बेला बाहिर प्रहरी आएर जोरजबर्जस्ती खोजे’, उनले भने, ‘समाचारको विषय प्रहरीले नभई प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने बताएपछि फर्किएर गएका छन् ।’