युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १५:०७ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ गरीएको छ । पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जानकारी दिएको छ ।

त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले जानकारी दिएका छन ।

पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us