करेन्ट लागेर दम्पतीको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।

बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् ।

भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो ।

करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us