विश्व बैंकले नेपाललाई दियो १३ अर्ब ३३ करोड सहुलियतपूर्ण ऋण

काठमाण्डु टुडे २०८१ वैशाख २१ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– मन्त्रिपरिषद बैठकले विभिन्न १५ निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १५ वटा निर्णय गरेको हो । बैठकले विश्व बैंकबाट उपलब्ध हुने एक सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

वैशाख २५ गते नयाँ दिल्लीमा आयोजना हुने ‘रिजनल मिटिङ फर द लन्च अफ रिजनल प्रोग्राम फर साउथ एसियाको’ कार्यक्रममा महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ ।

भारतमा भइरहेको आम निर्वाचनको अवलोकनका लागि शनिबारदेखि वैशाख २७ गतेसम्मका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत भएको छ ।

जापानी परराष्ट्रमन्त्री कामिकावा योको वैशाख २३ गते हुने नेपाल भ्रमणका लागि द्विपक्षीय वार्ताका लागि प्रतिनिधिमण्डल गठन गर्ने र कार्यसूची स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us