काठमाण्डु, ६ वैशाख– प्रहरीले जनकपुरबाट जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा बरामद .गरीएको प्रहरीले जानकारी दिएको छ ।
पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन ।
शव महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले जानकारी दिएका छन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको पनि उनले जानकारी दिएका छन ।
उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले जानकारी दिएका छन।