चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त

काठमाण्डु टुडे २०८० भदौ २१ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अन्जनीकुमार झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । झा काँग्रेस सम्वद्ध नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।

झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us