लड्न तयार रहेको भन्दै माओवादी नेता पौडेलद्वारा बालेनमाथि कारबाही माग

काठमाण्डु टुडे २०८० भदौ २१ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सिंहदरबार जलाउँछु भन्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिसधसभाको बैठकमा बिहीबार बोल्दै पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताए । पौडेलले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने बताए ।

‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले बिनाकारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गर्छ । हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौं’, उनले भने ।

व्यवस्था परिवर्तनको लागि आफूहरु लडेको उल्लेख गर्दै उनले रक्षाका लागि पनि लड्न तयार रहेको बताए । यो व्यवस्थाको सुरक्षा गराउने दायित्व पनि व्यवस्था ल्याउनेहरुकै भएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us