
काठमाण्डु, ३० साउन–कक्षा १२ कोपरीक्षाफल प्रकाशित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो । परीक्षामा ४लाख ४८ हजार ८ सय ३७ विद्यार्थी सहभागी भएकामा ५१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । ५१ प्रतिशतभन्दा बढीविद्यार्थी पास भएको बोर्डले जनाएको छ । नजिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेविद्यार्थीलाई नन ग्रेडमा राखिएको जानकारी दिइयो । नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ । गत वर्षभन्दा ३प्रतिशतले नतिजा सुधार भएको छ ।
परीक्षाफल बोर्डको वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था मिलाइएको छ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ ।
एसएमएसबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिन्छ ।