पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने एक व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८० साउन २९ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २९ साउन– प्रहरीले वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका– ६ स्थायी घर भई हाल काठमाण्डुको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन । उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जानकारी दिएको छ ।

उनले प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै पीडितहरुलाई पटकपटक गरी ३९ लाख रुपैयाँ ठगेको प्र्रहरीले बताएको छ ।

पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us