
काठमाण्डु, १६ साउन– अमेरिका र संयुक्त राष्ट्र संघले इजरायल र हमास गाजामा ७२ घण्टाका लागि युद्धबिराम गर्न समहत भएको जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री जोन केरी र राष्ट्रसंघीय महासचिव वान कि मुनले संयुक्त विज्ञप्ति जारी गरी मानवीय आधारमा इजरायल र हमासले मानवीय आधारमा युद्धबिराम गरेको उल्लेख गरेका छन् ।
इजरायलले ८ जुलाइमा गाजापट्टीमा हमला सुरु गरेको थियो । त्यस क्रममा १ हजार ४ सय २२ प्यालेष्टिनी मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश गैरसैनिक नागरिक हुन् ।
यस्तै चार लाख २५ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यस्तै युद्धका क्रममा ५८ इजरायलीको ज्यान गएको छ । ती मध्ये दुई सर्वसाधारण छन् ।
हमासले गरेको रकेट आत्रमणको जवाफमा इजरायलले गर्दै आएको विशेष सैन्य कारबाहीको सर्वत्र आलोचना हुँदै आएको थियो ।