आमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २९ गते १८:२७ मा प्रकाशित

काठमाण्डु,२९ चैत– प्रहरीले आमामाथि खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा काभ्रेपलञ्चोकबाट एक पुरुष पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका ११ बलथली बस्ने विश्वबन्धु थापा रहेका छन ।

उनले बुधवार ९४ वर्षीय आमा कान्छीमाया थापालाई खुर्पा प्रयोग गरी हत्या गरेको प्रहरी जानकारी दिएको छ । खुर्पा प्रहारबाट सख्त घाइते भएकी थापाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले बताएको छ ।

उनको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीको बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us