एकीकृत समाजवादी ललितपुरका जिल्ला सचिव एमालेमा प्रवेश

काठमाण्डु टुडे २०७९ चैत २९ गते १६:०८ मा प्रकाशित

काठमाण्डु,२९ चैत– नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी ललितपुरका सचिव सुदर्शन मिश्रसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

उनीहरूलाई आज बुधबार एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन । सचिव मिश्रसँगै एकीकृत समाजवादी पेशागत महासंघ ललितपुरका केन्द्रीय सदस्य शालिकराम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा मगर, ऋषिलाल भेटवाल,माधव बञ्जरा सहितका नेता कार्यकता एमालेमा प्रवेश गरेका छन ।

त्यस्तै कृष्ण महर्जन, राजन घिमिरे,सानुमैया कार्की,रुद्रबहादुर केसी, नरेन्द्र चन्द, महेन्द्र मानन्धर, लालमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, विमला कार्की शोभा मिश्र, गणेश तन्डुकार, रामकाजी महर्जन, देवी थापा, सुलोचना दोङ, राधा पन्त,

राजेश मानन्धर, हस्तबहादुर पुन,राजन घिमिरे, विनोद श्रेष्ठ,सुरेन्द्र कुर्मी मनुकुमारी लिम्बु, राजीव बानियाँ, विक्रम घिमिरे, सञ्जय पोखरेल र कल्पना घिसिङलगायतका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us