समिट होटलको वैधानिकता खोजियोस्: सांसद कार्की

काठमाण्डु टुडे २०७९ चैत २९ गते १४:१२ मा प्रकाशित

काठमाण्डु,२९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन ।

आज (बुधबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले यसका लागि संसदीय छानबिनको समेत माग गरेकी छन ।

केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी गरेको छन ।

उनले भनिन्, ‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षेति भएका छन् ।

भासिने चक्रिनेक्रम जारी छ।’ ‘स्थानीयले पटक पटक उजुरी दिएता पनि अपार्टमेन्ट निर्माणाको काम नरोकिएको गूनासो’ गरेका उनले बताएकी छन ।

उनले विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको छर, वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us