
काठमाण्डु,२८ चैत– न्यायाधीश भुवन गिरीलाई पक्राउ परेका छन । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दान बहादुर कार्कीले जानकारी दिएका छन ।
पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी बताएका छन । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेका थिए ।