
काठमाण्डु,२७ चैत– आज सोमबार प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची रहेका छन ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८र०७९ रहेको छ ।
सो प्रतिवेदन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूची रहेको छ ।यसैगरी दोस्रो कार्यसूचीमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ सम्बन्धी छ ।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नेछिन् ।