नेकपा एकीकृत समाजवादीलाई मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गरौँ: हिमाल शर्मा

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १२:२७ मा प्रकाशित

काठमाण्डु,१४ मंसिर– नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभा तर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नु पर्ने बताएका छन ।

उनले सामाजिक सञ्जालमा लेख्दै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस् भनेर कामना पनि गरेका छन् । यदि त्यसो हुन नसकेमा राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उनले बताएका छन ।

पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ ’शर्माले लेखेका छन् । उनले मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी)लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us