निर्मला पन्त हत्याका आरोपी विष्टद्वारा युवतीमाथि दुव्र्यवहार

काठमाण्डु टुडे २०७९ साउन २३ गते ११:५२ मा प्रकाशित

कञ्चनपुर, २२ साउन– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका आरोपी दिलिप विष्टले महिलामाथि दुव्र्यवहार गरेका छन् ।
भीमदत्त नगरपालिका–२ का विष्टलाई प्रहरीले चार वर्षअघि भएको निर्मला हत्या आरोपमा पक्राउ गरेर थुनामा राखेको थियो । प्रहरीसँगको बयानमा विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थिए ।

त्यसअघि आफ्नै भिनाजुको हत्या आरोपमा विष्ट जेल बसेर छुटेका थिए ।  तर, निर्मला हत्या  डिएनए परीक्षणको रिपोर्ट नमिलेको भन्दै विष्टले अदालतबाट उन्मुक्ति पाएका थिए । विष्टले स्थानीय युवतीहरुमाथि दुव्र्यवहार गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

प्रहरीका अनुसार निर्मलाकै हत्या भएको स्थानमा बसेर उनले सडकमा बस्ने किशोरीहरुमाथि यौनजन्य दुव्र्यवहार गर्ने गरेका छन् । कञ्चनपुर प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले विष्टले सडकमा हिंडिरहेका युवतीलाई गलत नजरले जिस्क्याउने गरेको गुनासो आएको बताए ।

‘युवतीहरुलाई यौनजन्य दुव्र्यवहार गर्ने र जिस्क्याउने गरेको भन्ने गुनासो आएको छ’, चौधरीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’ निर्मलाको घटना हुनुअघि पनि उनले युवती तथा महिलाहरुप्रति आशक्ति देखाउने गरेका थिए । परिवारका सदस्य र छिमेकीहरु नै उनीबाट त्रसित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us