
काठमाण्डु, २९ मंसिर– नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत देउवालाई बधाइ दिएको हो ।
देउवा सभापति भएपछि पहिलोपटक बधाइ दिने मुलुक अमेरिका बनेको छ । बधाइ सन्देशमा अमेरिकाले आफू लोकतन्त्र, मानवअधिकार र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा रहेको समेत बताएको छ ।