
काठमाण्डु, १० मंसिर– मुलुकभर थप पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो । सोही अवधीमा थप ३०२ जना संक्रमणमुक्त भएका छन्, भने दुईको मृत्यु भएको छ ।
हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन्, भने ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।