दाङमा आगलागी हुँदा ६ घर जलेर नष्ट

काठमाण्डु टुडे २०७७ चैत २ गते १६:१० मा प्रकाशित

दाङ, २ चैत– दाङको लमही नगरपालिकामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था ९ढिकपुर० स्थित सोमबार बिहान १० बजे विद्युतको तार सट भइ छ वटा खरका छाना भएको घरमा पूर्ण रुपमा क्षति भएका हुन् ।

अहिले लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीबाट लमही नगरपालिका वडा. नम्बर–६ ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिए ।

आगलागीबाट के कती क्षती भएको भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us