वल्र्डलिंक र फेसबुक मिलेर नेपालभर फ्रि वाइफाई दिने

काठमाण्डु टुडे २०७७ असोज २३ गते ४:२५ मा प्रकाशित

काठमाण्डु, २३ असोज– नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकबीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने सहकार्य भएको छ । वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई उपलब्ध गराउने समझदारी भएको हो ।

वल्र्डलिंकले बिहीवार जुममार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यबारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा वल्र्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी गराए । पत्रकार सम्मेलनमा दुबै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् ।

एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तर्गत अहिले वल्र्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढि सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए ।

कार्यक्रममा अध्यक्ष अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ ।’ आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष अग्रवालले भने,  यूजर्ससँग रकम लिने छेनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ ।’ अध्यक्ष अग्रवालका अनुसार, एक्सप्रेस वाईफाई प्लेटफर्मले वल्र्डलिंकको सार्वजनिक वाइफाइ सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे ।

यस सहकार्यले देशभरका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहँुच नजिक पुरयाउने आशा व्यक्त गरे । पत्रकार सम्मेलनमा सहभागी भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, ‘रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ, वल्र्डलिंक नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वल्र्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us