काठमाण्डु , १३ असोज — लगातार घटेको सुनको भाउ आज पनि २ सयले घटेको छ ।
आज सोमबार छापावाल सुन प्रतीतोला ७० हजार रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंले बताएको छ । हिजो छापावाल सुन प्रतीतोला ७० हजार २ सय रुपैंयामा कारोवार भएको थियो ।
त्यस्तै, आज चाँदीमा पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।