ताेलामै एक हजारले घट्यो सुन

काठमाण्डु टुडे २०७६ असोज ९ गते ११:५० मा प्रकाशित

काठमाण्डु , ९ असोज – बिहीबार छापावाल सुनको भाउ तोलामा एक हजारले घटेको छ ।

बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us