बुधबार नेप्से ३.३ अंकले घट्यो

काठमाण्डु टुडे २०७६ असोज ८ गते १६:१५ मा प्रकाशित

काठमाण्डु , ८ असोज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से ३.३ अंकले घटेर ११३१.५३ बिन्दूमा झरेको छ ।
कुल १६६ वटा कम्पनीको ७ लाख ७७ हजारभन्दा बढी कित्ता शेयर १६ करोड ६९ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका समूहमा अन्य समूह, लघुवित्त समूहबाहेक सबै समूह घटेका छन् । यस दिन सानिमा बैंकको कारोबार सबैभन्दा बढी भएको छ । यस कम्पनीको शेयर ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बुधबार पनि खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ । त्यस्तै तिनहु मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us