
काठमाण्डु , २४ भदौ —नेपाल आयल निगमले पेट्रोल ,डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने भएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने निर्णय गरेको निगम श्रोतले बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय ५ रुपैयाँ ५० पैसा हुने भएको छ भने, डिजेल र मट्टितेल ९४ रुपैयाँ ५० पैसा प्रतिलिटर रहेको हुने भएको छ ।
उक्त मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने बताएको छ । यसअघि डिजेल र मट्टितेलको भाउ ९६ रुपैयाँ ५० पैसा प्रति लिटर रहेको थियो ।