विप्लवसँग वार्ता गर्न सरकारका तीन सूत्र परिचालित

काठमाण्डु टुडे २०७६ असार ३० गते ७:२६ मा प्रकाशित

file photo

काठमाण्डु, ३० असार सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी ओली , नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन् ।  स्रोतका अनुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टी अध्यक्ष प्रचण्डले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई दिएका छन् ।
तर विप्लव समूहले तीनवटै टोलीसँग सम्पर्क हुँदा ‘पार्टीको प्रतिबन्ध फुकुवा, पक्राउ परेका कार्यकर्ता निसर्त रिहाइ, हत्या, दमन, धरपकड रोकेर सरकारले राजनीतिक इमानदारी देखाए हामी वार्ताविरोधी होइनौं, वार्ता प्राविधिक समाधनतिर भन्दा राजनीतिक समाधानतिर हुनुपर्छ भन्ने हाम्रो जोड छ’ भन्ने सन्देश पठाएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us