
काठमाण्डु, ३० असार- खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठासहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
शनिबार राति भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भए पनि उनीहरुको नेपालस्थित ठेगाना खुल्न नसकेको बताइएको छ । आगलागीको खबर प्राप्त भए पनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । ‘घटनामा एक पुरुष र दुई नेपाली महिलाको निधन भएको कुरा आएको छ, उनको विस्तृत घर ठेगाना खुल्न बाँकी छ, दूतावास मार्फत अन्य हताहातीबारे बुझ्ने काम भइरहेको छ’–उनले भने ।
आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइए पनि अन्य नेपाली हुन्हो\इनन् प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए । नेपाल समाचारपत्रबाट