उर्जामन्त्रीको निरेदेशन: मौसमसम्बन्धी सही सूचना छिटो जनतामा पुगोस्

काठमाण्डु टुडे २०७६ असार २९ गते १९:०४ मा प्रकाशित

काठमाण्डु, २९ असार– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले मौसमसम्बन्धी पूर्वसूचना समयमै आमजनतामा पु-याउन सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्ने पूर्वानुमानको सूचना समयमै जनतामा पुग्न सके दैवी विपत्तिबाट जोगिन सजिलो हुने उनले बताए । यद्यपि सूचना भने भरपर्दो र विश्वासिलो हुनुपर्ने उनको भनाइ थियो । मन्त्री पुनले महाशाखालाई अत्याधुनिक प्रविधियुक्त बनाउन सरकारले सहयोग गर्ने उल्लेख गरे ।

‘पूर्वानुमानका सूचना भरपर्दो हुँदैनन् भन्ने जनताको मनमा छ’, पूर्वामानुमान महाशाखाको नवनिर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्ष निरीक्षणपछि मन्त्री पुनले भने, ‘पूर्वानुमानलाई अत्याधुनिक प्रविधिसहित विश्वासिलो र भरपर्दो बनाउन सरकारले सहयोग गर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us